Media Network

एसियन कप छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल बंगलादेशसँग खेल्दै


खबरस्टोरी संवाददाता

२ आश्विन २०७९,आईतवार

काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू–२० एसियन कप छनोट समूह बीअन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दैछ ।अरदस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे खेल सुरु हुनेछ ।

समूहमा यसअघिको तीन वटै खेलमा पराजित भएको नेपाल सान्त्वना जितसहित बहराइन यात्रा सकाउने लक्ष्यमा छ ।

पाँच टिम सहभागी समूह बीमा नेपाल अंकविहीन हुँदै पुछारमा छ । एक जित एक बराबरी र एक हारबाट ४ अंक जोडेको बंगलादेश तेस्रो स्थानमा छ ।

नेपाल यसअघि भुटानसँग २–० ले, कतारसँग ३–१ ले र बहराइनसँग ६–० ले पराजित भएको थियो ।

उता बंगलादेशको लागि भने नेपाल विरुद्धको खेल उत्कृष्ट उपविजेता बन्दै मुख्य प्रतियोगितामा छनोट हुनका लागि महत्वपूर्ण छ । बंगलादेशले नेपाललाई हराएमा त्यो सम्भावना बाँकी रहनेछ । तर बंगलादेश दोस्रो स्थानमा पुग्नका लागि शीर्ष स्थानको कतारले दोस्रो स्थानको बहराइनलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ ।

बंगलादेशले पहिलो खेल बहराइनसँग गोलरहित बराबरी खेलेको थियो भने भुटानलाई २–१ ले हराएको थियो । कतारसँग भने बंगलादेश ३–० ले पराजित भएको थियो ।

कतार बहराइनबीचको खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद