Media Network

गुल्सन र भीमको पार्टनरसिपले उकासेको नेपालको इनिङ्स


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं । यूएई विरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा अलराउन्डर गुल्सन झा र भीम सार्कीले नेपालको इनिङ्सलाई मजबुद बनाएका छन् । यी दुईले चौथो विकेटका लागि ५० रनको साझेदारी गरिसकेका छन् ।

२२÷३ को स्थितिबाट गुल्सन र भीमले नेपालको इनिङ्स उकासेका हुन् । २२.२ ओभरमा ५० रनको साझेदारी गर्दा गुल्सनले ४८ र भीमले ११ रन बनाएका थिए । २८ ओभर सकिँदा भीम ३४ र गुल्सन हाफ सेन्च्युरी कटाएर क्रिजमा छन् । गुल्सन क्रिजमा आउँदा नेपाल १÷१ को स्थितिमा थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि ११८ रनको लक्ष्य पछ्याउदै छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद