Media Network

गउफले जितिन् पहिलो ग्राण्डस्लाम उपाधि


खबरस्टोरी संवाददाता

२४ भाद्र २०८०,आईतवार

काठमाडौं । अमेरिकन टिनएजर खेलाडी कोको गउफले पहिलो पटक ग्राण्डस्लामको उपाधि जितेकी छन् ।वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको फाइनलमा आर्यना साबालेन्कालाई २–१ को सेटमा पराजित गर्दै गउफले उपाधि जितेकी हुन् ।

न्यूयोर्कस्थित आर्थर एसेस स्टेडियममा छैटौं वरीयताका गउफले पहिलो सेट २–६ ले गुमाएको थिइन् । तर त्यसपछि पुनरायमन गरेकी उनले दोस्रो सेट ६–३ र तेस्रो सेट ६–२ ले आफ्नो पक्षमा पार्दै खेल जितिन् ।

१९ वर्षीया गउफ यसअघि गत वर्ष फ्रेन्च ओपनको फाइनल पुगे पनि पराजित भएकी थिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद