Media Network

जिम्बावेविरुद्ध नेपालले दोस्रो सफलता पायो , गुल्सन झाले लिए विकेट


खबरस्टोरी संवाददाता

३ असार २०८०,आईतवार

काठमाडौं। विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली जिम्बावेविरुद्ध नेपालले  दोस्रो सफलता पाएको छ। नेपालको तर्फबाट गुल्सन झाले  विकेट लिएका छन्।

जिम्बावेले १२७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । झाले वेस्ली मादेभेयरलाई आउट गर्दै ८२ रनको साझेदारी तोडेका हुन् ।

जिम्बावेले २४ ओभरमा २ विकेट गुमाएर १२८ रन जोडेको छ । कप्तान क्राइग एर्भिन ६१ रनमा खेल्दैछन् ।

यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए । आशा गरिएका सन्दीप लामिछानेले ६ ओभर बलिङ गरिसके पनि विकेट लिन सकेका छैनन् । उनले ४० रन दिइसकेका छन् ।

नेपालले ५ जना बलरलाई उतारिसकेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद