Media Network

केन्या विरुद्ध नेपाल बलिङ गर्दै


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

कठमाडौँ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको दोस्रो  टी–ट्वान्टी खेलमा टस जितेर बलिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा केन्याले नेपालविरुद्ध ब्याटिङ थाल्नेछ ।

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । 

विवेक यादवको ठाउँमा बसिर अहमद खेल्ने भएका छन् ।  आजको खेलमा जित निकाल्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । 

पाँच खेलको टी–ट्वान्टी सिरिजको  तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद