Media Network

केन्याको २५६ रनको टार्गेट नेपाललाई


खबरस्टोरी संवाददाता

२० भाद्र २०७९,सोमबार

काठमाडौं । नेपालले केन्यासँग जितका लागि २५६ रनको लक्ष्य पाएको छ । केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ ।

केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए । लुकास डन्डासन ५९ रनमा नट आउट रहे भने सुखदेव सिंह ३७ रनमा आउट भए ।

नेपालका सोमपाल कामी र अदिल अन्सारीले समान २ विकेट लिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद