Media Network

केन्याले नेपाललाई दियो २१९ रनको तार्गेट


खबरस्टोरी संवाददाता

१७ भाद्र २०७९,शुक्रबार

काठमाडौं । पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको छ । मध्यक्रमका राकेप पटेल र कोलिन्स यबुयाले अर्धशतक बनाएपछि २१९ रनको लक्ष्य पेश गरेको हो।

नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेटमा भने अंक जोड्न सकेको थिएन।

पाँचौं विकेटका लागि राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरी पारी उकासेका थिए ।

सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इण्डिज गएपछि रोहितकुमार पौडेलले कप्तानी गरेको यो खेलमा यी दुईको साझेदारी तोड्न नेपाली बलरलाई निकै कठिन भयो ।

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाए । कप्तान रोहितले रनआउट गर्नुअघि कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको संयमित पारी खेले ।

केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन थपे ।

बलिङतर्फ सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले १–१ विकेट लिए । पाँच टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेपछि नेपालले केन्यासँग तीन एकदिवशीय खेलको शृंखला खेल्न लागेको हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद