Media Network

क्रिकेटका कप्तान लामिछानेविरुद्ध उजुरी परेपछि छलफलमा जुट्यो क्यान


खबरस्टोरी संवाददाता

२२ भाद्र २०७९,बुधबार

काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ ।

बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । 

  क्यान अध्यक्ष चतुरबहादुर चन्द  उपत्यका फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ ।

क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद