Media Network

आइएनजी फुटसल टोर्नामेन्ट सम्पन्न


खबरस्टोरी संवाददाता

२९ भाद्र २०७९,बुधबार

काठमाडौं।आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो । प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए। आइएनजी फुटसल प्रतियोगिता–२०७९ को ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा सम्पन्न गरिएको हो । 

प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजको ‘टिम हेराल्ड’र आइएनजी स्किलको ‘टिम स्किल’बीच प्रतिस्पर्धा थियो । मंगलबार भएको फाइनलमा हेराल्ड कलेजले आइएनजी स्किललाई  पराजित गर्दै उपाधि हात पारेको छ । त्यस्तै, महिला टोलीतर्फ इस्लिङ्टगन कलेजबाट ‘देवीको टिम’र आइएनजी स्किलबाट ‘स्किल महिला टिम’फाइनलमा खेलेका थिए । खेलमा इस्लिङ्टदन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको हो । 

आइएनजी ग्रुपले विजेता टोलीहेराल्ड कलेजरइस्लिङ्टोन कलेजलाई सम्मान पत्र, पदक र ट्रफीसँगै एक–एक लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । आइएनजी फुटसल टोर्नामेन्टको व्यवस्थापन आइएनजी  मानव संसाधन विभागले लिएको थियो। विभागले सफतापूर्वक टोर्नामेन्ट सम्पन्न गरेको हो । यसै सन्दर्भमा विभागकी प्रमुख सुविता कपाली भन्छिन्, ‘यो फुटसल प्रतियोगिताले हाम्रा कर्मचारीहरूलाई आवश्यक स्फूर्ती प्रदान गरेको छ भन्नेमा हामी विश्वस्त छौं । साथै, कर्मचारीहरूले आफ्नो सीप प्रदर्शन गर्ने मौका समेत पाए । यसबाहेक उनका अनुसार आइएनजी ग्रुपका कर्मचारीहरूबीच सद्भाव र सम्बन्ध बढाउन पनि प्रतियोगिताको आयोजना गरिएको हो । थपगरी, कर्मचारीहरूको पुनर्ताजकिकरण र उनीहरूबीच सम्बन्ध विस्तार गर्न फुटसल आयोजना गरिएको बताए । 


‘आइएनजी ग्रुपमा कार्यरत कर्मचारीहरूको स्फूर्ति र उनीहरूलाई उत्प्रेरित गर्न पहिलो पटक आइएनजी फुटसल टोर्नामेन्ट आयोजना गरेका हौं । प्रतियोगीतामा देखिएको सहभागिता सन्तोषजनक थियो,’ प्रतियोगिता सम्पन्न घोषणासँगै उनले भने, ‘प्रतियोगितामा हाम्रो भान्सामा कार्यरत कर्मचारीदेखि सफ्टवेयर इन्जिनियर टिम, शैक्षिक टोलीहरूको पनि सहभागिता थियो। यसले आइएनजी ग्रुपमा रहेको एकता र समानताको अवस्था पनि देखाउँछ ।  आइएनजीले मानिस जीवनमा हरेक कुराको सन्तुलन हुनुपर्छ भन्नेमा मान्यता राख्दै आएको छ । यसबाहेक उनले प्रतियोगितामा विजयी तथा सहभागी सबै टोलीलाई बधाई दिँदै आगामी दिनमा हुने प्रतियोगिता र कार्यक्रमहरूमा उत्साहजनक उपस्थिति रहने विश्वास व्यक्त गरे । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद