Media Network

लुम्बिनीलाई हराउँदै एपिएफ फाइनलमा


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

पोखरा।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा एपिएफ फाइनल प्रवेश गरेको छ। सोमबार भएको खेलमा एपिएफले लुम्बिनीलाई ६७ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो।

लुम्बिनीको जितमा स्पिनर नेरी थापाले उत्कृष्ट बलिङ गर्दा ब्याटिङतर्फ ज्योति पाण्डेले सानदार अर्धशतकीय इनिङ खेलिन्।

टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। जवाफमा जितका लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १८।२ ओभरमा ६२ रनमा अल आउट भयो। लुम्बिनीको लागि सुस्मिता बजागाईंले १२ रन बनाउनु एकमात्र दोहोरो स्कोरका रूपमा रह्यो।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ ओभरमा ७ रन खर्चिएर ४ विकेट लिएकी थिइन्। त्यस्तै, रेखा रावल, इन्दु बर्मा, सुमन विष्ट, सुष्मा श्रेष्ठ र सीता रानामगरले समान एक(एक विकेट लिएका थिए।

त्यसअघि पहिला ब्याटिङ गरेको एपिएफका लागि ज्योति पाण्डेले ६१ बलमा ७ चौकाको सहयोगमा ६९ रनको सानदार अर्धशतकीय इनिङ खेलिन्। उनी अर्धशतक प्रहार गर्ने जारी प्रतियोगितामा दोस्रो खेलाडी बनिन्।

यसअघि यो प्रतियोगितामा पुलिस क्लबकी सम्झना खड्काले अर्धशतक प्रहार गरेकी थिइन्। थप स्कोरका रुपमा ममता चौधरीले १६ रन बनाउँदा कप्तान सिता राना मगरले ११ तथा रोमा थापाले १२ रन बनाएकी थिइन्।

दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ। फाइनल खेल मंगलबार हुने छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद