Media Network

महिला साफ च्यान्पियनसिप अन्तरगत आज दुई खेल हुने


खबरस्टोरी संवाददाता

२२ भाद्र २०७९,बुधबार

काठमाडौँ।छेटौँ महिला साफ च्यान्पियनसिप अन्तरगत आज  दुई खेल हुने भएको छ । पहिलो खेल दिउँसो १ बजे दशरथ रंगशालामा भारत र पाकिस्तान बिच हुने छ।

 दोस्रो खेल साँझ ५ः३० बजे सुरु हुनेछ। दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश बिच हुनेछ।

हिजो भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो। नेपालले भुटानलाई ४-० गोल अन्तरले हराउएको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई-दुई गोल गरे।

Share:
Reaction :
ताजा समाचार
खेलकुद