Media Network

मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा पुग्यो


खबरस्टोरी संवाददाता

१३ बैशाख २०८०,बुधबार

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनायो ।मुम्बईका पियुष चावलाले २ तथा अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले समान १–१ विकेट लिए ।

मुम्बईका लागि नेहाल वाडेरले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले समान १३ रन बनाए ।गुजरातका नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रासिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहित शर्माले पनि २ विकेट लिए ।

सात खेलमा पाँचौ जित हात पारेको गुजरातले १० अंक जोडेको छ । शीर्ष स्थानको चेन्नाई सुपर किंग्स समान अंक जोडेपनि रनरेटमा पछि पर्दै गुजरात दोस्रो स्थानमा छ ।यस सिजन चौथो हार बेहोरेको मुम्बई ७ खेलबाट ६ अंक जोडेर सातौं स्थानमै छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद