Media Network

मेसीले जिते फिफा वर्ष खेलाडीको उपाधि


खबरस्टोरी संवाददाता

१६ फाल्गुन २०७९,मंगलवार

काठमाडौं । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् ।

उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि जितेका हुन् । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् ।

सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए ।

यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’

Share:
Reaction :
ताजा समाचार
खेलकुद