Media Network

म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

काठमाडौँ।लिभरपुलले आफ्नो खराब लयलाई पन्छाउँदै इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । लिभरपुलको १–० जितमा मोहमद सलाहले निर्णायक गोल गरे ।
एनफिल्डमा भएको तनावपूर्ण खेलमा लिभरपुलका व्यवस्थापक योर्गन क्लोपलाई ‘सेन्ट अफ’ गरिएको थियो । सलाहले ७६ औं मिनेटमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई बहुमूल्य तीन अंक दिलाएका हुन् ।
यो नतिजाले लिग तालिकामा आर्सनल १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा रह्यो । सिटी २३ अंकमा दोस्रो स्थानमा छ । लिभरपुलको भने नौ खेलबाट १३ अंक भयो । यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई १–० ले हराएको थियो ।
अन्य खेलमा चेल्सीले एस्टन भिल्लालाई २–० ले हरायो भने म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले । यस्तै साउथह्याम्पटन र वेस्ट ह्यामले १–१ को बराबरीमा चित्त बुझाए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद