Media Network

म्यान्चेस्टर सिटीले उचाल्यो च्याम्पियनसिप लिगको उपाधि


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०८०,आईतवार

काठमाडौँ । इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिबार राति भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि हासिल गरेको हो । 

एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधिका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षबाट कुनै गोल निस्कन नसक्दा खेल १–० मा टुङ्गिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो । 

पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इङ्लिस प्रिमियर लिग र एफए कपको उपाधिमा पनि जितेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद