Media Network

म्यानमारविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा


खबरस्टोरी संवाददाता

१७ भाद्र २०८०,आईतवार

काठमाडौं । म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष पुटबल टोलीको घोषणा भएको छ ।मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।फिफा विन्डो अन्तर्गत नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई खेल खेल्दैछ । दुवै खेल म्यानमारको यांगुनमा हुनेछ ।आगामी अक्टोबरमा हुने विश्वकप छनोटको लागि नेपाल तयारी गरिरहेको छ ।गत जुनमा भारतको बेंगलोरमा भएको साफ च्याम्पियनसिप खेलेको टिममा रहेको टोलीमा १० खेलाडी परिवर्तन भएको छ । आशिष गुरुङ, अन्जन राई, छिरिङ लामा, उत्सव राई, हिसुब थपलिया, जिलेस्पीजंग कार्की र कृतिशरत्न छुञ्जु पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।साफ खेलेको टिमबाट कप्तान किरणकुमार लिम्बुसहित दिप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, एरिक विष्ट, लकेन लिम्बु, आवास लामिछाने, आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी र आशिष चौधरीले निरन्तरता पाएका छन् ।गोलकिपर अभषेक बरालसहित डिफेण्डरहरु आशिष गुरुङ, अन्जन राई र छिरिङ लामा मिडफिल्डरद्वय उत्सव राई र कृतिशरत्न छुञ्जु तथा फरवार्ड जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया टिममा थपिएका छन् ।साफ खेलेको टिममा रहेका विमल पाण्डे, देवेन्द्र तामाङ, सिमान्त थापा, विमल घर्ती मगर, विशाल श्रेष्ठ, मणि कुमार लामा र नविन लामा टिममा छैनन् । निशान खड्का, पुजन उपरकोटी र दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पलायन भइसकेका छन् ।नेपाली टोली गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द,अन्जन राई, छिरिङ लामा मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुञ्जु फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया
Share:
Reaction :
ताजा समाचार
खेलकुद