प...">
Media Network

म्याराथुन धाविका पुष्पा घाइते


खबरस्टोरी संवाददाता

१ कार्तिक २०७९,मंगलवार

पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् ।पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भयो ।

करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् ।

उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको छ् ।

पुष्पले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । उनी महिला म्याराथनतर्फ सागमा पदक जित्ने पहिलो खेलाडी हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद