Media Network

नेपाल प्रहरीको महिला फुटबल टिम सेमिफाइनल प्रवेश


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

स्याङजा।नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आइतबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लबले समूह चरणको दोस्रो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।  

स्याङजाको वालिङमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि रेखा पौडेलले ६ गोल, निर्मला बिकले २ गोल, दिपा न्यौपानेले १ गोल र अनुस्का शेर्पाले १ गोल गरेका थिए ।  

जितसँगै नेपाल प्रहरीको महिला फुटबल टिम समूह एु मा ६ अंक सहित समूह विजेता बन्दै सेमिफाइनममा प्रवेश गरेको छ । नेपाल प्रहरीको महिला फुटबल टिमले कात्तिक १ गते समूह सि को उपविजेता सँग सेमिफाइनल खेल खेल्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद