Media Network

नेपाल प्रहरीको पुरूष हक्की टिम दोस्रो खेलमा पनि विजयी


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

कास्की।पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आइतबार भएको पुरूष हक्की खेलमा नेपाल पुलिस क्लबले दोस्रो जित हात पारेको छ । 

पोखरास्थित गौरीशंकर खेल मैदान ह्‍याम्जामा भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि केशवराज जोशी, महेश धामी, शशी दर्लामी र श्रवण कुमार तामाङले समान १ गोल गरेका थिए । 

दुई समूहमा विभाजित पुरूष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लब समूह बि मा रहेको छ । जसमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले समूह चरणको अन्तिम खेल लुम्बिनी प्रदेश सँग असोज ३१ गते खेल्नेछ । 

  



Share:
Reaction :
ताजा समाचार
खेलकुद