Media Network

नेपाल र केन्याबीचको चौथो खेल आज हुँदै


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं । नेपाल र केन्याबीचको चौथो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५बजे सुरु हुनेछ ।

शृंखलामा २–१ को अग्रता बनाएको नेपालका लागि शृंखला जित्ने अवसर छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्नेछ ।

पाँच खेलको टी–२० शृंखलामा नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेल केन्याले १८ रनले जित्दै शृंखला बराबरी गरेको थियो ।

आइतबार भएको तेस्रो खेल ४ विकेटले जित्दै नेपालले शृंखलामा अग्रता बनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद