Media Network

नेपाल र केन्याबीचको निर्णायक खेल आज हुँदै


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

काठमाडौँ। नेपाल र केन्याबीचको निर्णायक टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

 नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुनेछ।

पाँच खेलको सिरिजमा चार खेल सकिंदा सिरिज २–२ को बराबरी भएको छ। अब सिरिजको टुंगो अन्तिम खेलले गर्ने छ। सोमबार भएको लो स्कोरिङ खेलमा नेपाल ७ रनले पराजित हुँदा सिरिजको निर्णय अन्तिम खेलमा पुगेको हो।

नेपाल विरुद्व दुई जित निकालेको केन्या आफु भन्दा १५ स्थान माथि बरियतामा रहेको नेपाललाई पराजित गर्दै सिरिज घरमानै राख्ने लक्ष्यमा रहेको छ। त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो।

दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो। यस्तै तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो। टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने छ। टी–२० सिरिजपछि नेपालले ३ खेलको एकदिवसीय खेल खेल्ने छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद