Media Network

नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दै


खबरस्टोरी संवाददाता

२७ भाद्र २०७९,सोमबार

काठमाडौं ।साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज समूह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ ।

आजको खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने नेपालको योजना रहेको छ ।

नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।

दुई खेल खेलिसकेको भुटान भने एक जित र एक हारको नतिजापछि समूह बी बाट यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । भुटानले श्रीलंकालाई ५–० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।

श्रीलंकासँग बराबरी वा जितले नेपाल समूह विजेता बन्नेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद