Media Network

नेपालले पीएनजीविरुद्ध बलिङ गर्ने


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७९,सोमबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि यूएईमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोज्दै पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालका युवा फास्ट बलर प्रतिश जिसीले ओडीआईमा डेब्यु गरेका छन् ।

नेपाली टिममा स्पीनर छैनन् । चार फास्ट बलर छन् । स्पीन अलराउण्डर दीपेन्द्र र कुशल मल्लले स्पीन बलिङ गर्नेछन् ।

आरिफ शेख र गुल्शन झा पहिलो रोजाइमा फर्केका छन् ।

यो शृङ्खलामा नेपालले यूएई र पीएनजीसँग दुईरदुई खेल खेल्नेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद