Media Network

नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान


खबरस्टोरी संवाददाता

२९ आश्विन २०७९,शनिबार

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् । निशाले हिटमै कीर्तिमान बनाएकी हुन् ।

उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् ।

यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाएकी थिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद