Media Network

न्युजिल्यान्ड दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित


खबरस्टोरी संवाददाता

३१ आश्विन २०७९,सोमबार

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप अघि भएको ‘वार्मअफ’ खेलमा न्युजिल्यान्ड सोमबार दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित भएको छ । ब्रिसबेनमा सम्पन्न खेलमा न्युजिल्यान्डले १७।१ ओभरमा सबै विकेट गुमाएर ९८ रन बनाएको थियो । ९९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ११।२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

दक्षिण अफ्रिकाका लागि रिली रोसोउले अविजित ५४ रन बनाए । ओपनर रिजा हेनड्रिक्सले २७ रन बनाउँदा एइडेन मारक्रम १६ रनमा अविजित रहे । न्युजिल्यान्डका इश सोधीले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले २६, ग्लेन फिलिप्सले २० र माइकल ब्रासवेलले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

दक्षिण अफ्रिकाका केशब महाराजले तीन विकेट लिँदा वाइन परनेल र तब्राज शाम्सीले समान दुई विकेट लिए । मार्को जनसेन, मरक्रम र कागिसो राबडाले एक एक विकेट लिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद