Media Network

ओलम्पिक टर्च लुम्बिनी लगिने


खबरस्टोरी संवाददाता

२६ आश्विन २०७९,बुधबार

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) बुधबार लुम्बिनी लगिने भएको छ ।उमेश मास्केसहितको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पुयाएर नवौं राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याइने भएको हो ।

ओलम्पिक टर्च लाने मास्के नेतृत्वको टोलीमा मुकुन्दहरि श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित, राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तरण गरेर बिदाइ गरे । सो अवसरमा कीर्तिमानी धावक ओलम्पियन वैकुण्ठ मानन्धर, पुष्पराज ओझा लगायतको उपस्थिति थियो ।

लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार विहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए । ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो ।


ओलम्पियन टोलीले ल्याएको उक्त टर्च पोखरामा टीकाबहादुर बोगटीसहितको अर्को ५ सदस्यीय गण्डकीका ओलम्पियन टोलीलाई हस्तान्तरण गर्नेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद