Media Network

पीएनजीले नेपाललाई दियो २०४ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७९,सोमबार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा आजदेखि सुरु त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी९=(पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रनको योगफल बनायो ।

पीएनजीका लागि कप्तान आसाद भाला र चाड सोफरले समान ३६ रन योगदान गरे । ओपनर किपिन डोरिगा २९ रनमा आउट हुँदा सेसे बाउ ३१ रनमा पभेलियन फर्किए । हिरि हिरी १० रनमा आउट भए । नोर्मान भानुुआ २५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका गुलसन झाले सर्वाधिक तीन विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चिए । कुशल मल्ले ८ ओभरमा ४३ रन खर्चिएर दुई विकेट लिँदा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान एक विकेट लिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद