Media Network

पीएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१९ फाल्गुन २०७९,शुक्रबार

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी ९पीएनजी०ले नेपालाई १८० रनको लक्ष्य दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७९ रन बनायो । 

पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै हिरी हिरीले ३१ रन बनाउँदा प्लिन दोरीगाले २६ रनको योगदान गरे । 

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए । 

सिरिजमा एक जित र एक हार ब्यहोर्यको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । 

नेपालले एकदिवसीय मान्यता जोगाउनेसँगै विश्वकप छनोटमा पुग्ने दुवै दबाब छ । 

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो । 

लिग–२ मा नेपाल ३० खेलबाट २८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद