Media Network

पपुवान्यूगिनीसँग टस हारेर नेपाल बलिङमा


खबरस्टोरी संवाददाता

१९ फाल्गुन २०७९,शुक्रबार

काठमाडौं ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको तेस्रो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालले टस हारेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने खेलमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टस जितेको पपुवा न्युगिनीले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको छ ।

हिजो भएको खेलमा नेपाल यूएईसँग ६२ रनले पराजित भएको थियो । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ ।नेपालले तीव्र गतिका बलर गुलशन झाको स्थानमा आज भीम सार्कीलाई राखिएको छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने,दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद