Media Network

प्रिमियर लिगमा युनाइटेडले आर्सनललाई ३–१ ले पराजित


खबरस्टोरी संवाददाता

२० भाद्र २०७९,सोमबार

काठमाडौं । आइतबार राती शीर्ष स्थानको युनाइटेडले आर्सनललाई ३–१ ले पराजित गरेको छ । मार्कुस रासफोर्डको दुई गोल अनी एन्टोनी सान्तोसको डेब्युमै गोल पछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनललाई ३–१ ले पराजित गरेका हो।

युनाइटेडले आर्सनलको पाँच खेलको अपराजित यात्रामा ब्रेक लगाउँदा लगातार चौथो जित निकालेको हो । सुरुको दुई खेलमा पराजित भएको युनाइटेडले त्यसयता भने लगातार जित्दै आएको छ । सुरुवाती पाँच खेल जितेर सानदार सुरुवात गरेको आर्सनल पहिलो हारपछि पनि ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमै छ ।


युनाइटेड ६ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा उक्लेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा आर्सनलका गाब्रिएल मार्टिनेलीले गोल गरे पनि भिएआरले मान्यता नदिँदा आर्सनलले अग्रता लिने अवसर गुमाएको थियो ।

एन्टोनीले ३५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले प्रिमियर लिग डेब्युमै गोल गरेका हुन् । बुकायो साकाले ६० औं मिनेटमा गोल गर्दै आर्सनललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

तर रासफोर्डले १० मिनेट अन्तरमा दुई गोल गरे । रासफोर्डले ६६ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए भने ७५ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गोल गरे ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद