Media Network

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित


खबरस्टोरी संवाददाता

२१ कार्तिक २०७९,सोमबार

काठमाडौँ।प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । उसले समूह‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेशलाई पाँच विकेटले हराउँदै पहिलो जित हात पारेको हो ।

१५१ रनको लक्ष्य सुदूरपश्चिमले २९.४ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो । उसका लागि गजेन्द्र बोहराले सर्वाधिक ४१ रनको योगदान दिए ।

अविजित रहेका शेर मल्लले ३४ र कप्तान राजु रिजालले २४ रन जोड्दा टेक रावलले १८ रन बनाए । कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले तीन तथा दिवान पुनले दुई विकेट हात पारे ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनाएको थियो ।

उसका लागि अर्जुन घर्तीले ९६ बलमा पाँच छक्का र चार चौकासहित ७० रनको उत्कृष्ट पारी खेले । सुवास ऐर २४ र हिमान्शु शाहीले १२ रन जोडे । 

सुदूरपश्चिमका लागि नारायण जोशीले चार, हेमन्त धामीले तीन,गजेन्द्र बोहराले दुई तथा मिलन बोहराले एक विकेट हात पारे । 

जितसँगै चार खेलमा २ अंक जोडेको सुदूरपश्चिम चौथो स्थानमा रहँदा लगातार तेस्रो पराजय बेहोरेको कर्णाली विना अंक पुछारमा छ । दुवै टोली समूह चरणबाटै बाहिरिसकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद