Media Network

पोस्टेकोग्लु टोटेनहमको नयाँ प्रशिक्षक


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०८०,बुधबार

काठमाडौँ।एन्ज पोस्टेकोग्लु इंग्लिस क्लब टोटेनहमको प्रशिक्षक बन्न सहमत भएका छन्। स्कटिस क्लब सेल्टिकलाई यो सिजन उपाधि जिताएका उनले दुई वर्षको सम्झौता गर्न लागेका हुन्।

५७ वर्षीय अष्ट्रेलियालन नागरिक पोस्टेकोग्लुले भर्खरै सेल्टिकमा आफ्नो दोस्रो सिजन समाप्त गरेका थिए। 

मार्चमा एन्टोनियो कोन्टेको प्रस्थान पछि क्रिस्टियन स्टेलिनी र त्यसपछि रायन मेसनले अन्तरिम कार्यभार लिएपछि टोटेनहमले नयाँ प्रशिक्षक खोजी गरेको थियो।

२०२१ मा सेल्टिकमा आबद्ध  हुनु अघि एथेन्समा जन्मेका पोस्टेकोग्लुको युरोपमा अनुभव २००८ मा ग्रीसको तल्लो डिभिजनको क्लब पनाचाइकीको जिम्मेवारी लिनु थियो।

उनले मेलबर्न र ब्रिस्बेनको प्रशिक्षकको रुपमा अष्ट्रेलियामा उपाधि जितेका थिए।

यस्तै पोस्टेकोग्लुले योकोहाबाट जापानको शीर्ष लिग र २०१५ को एसियन कप अष्ट्रेलियालाई जिताउन नेतृत्व पनि गरे।

Share:
Reaction :
ताजा समाचार
खेलकुद