Media Network

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७९,बिहीबार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध अर्धसतक बनाएका पपुवा न्यूगिनी (पीएनजी)ओपनर टानी उरालाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुआत गरेको पीएनजीका उरा ४४ बलमा ९ चौकसहित ५० रन बनाएर क्याच आउट भए ।

यसअघि, तेस्रो नम्बरमा क्रिजमा आएका सेसे बाउलाई दीपेन्द्रसिंह ऐरीले सोमपाल कामीबाट क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । ओपनर किप्लिन डोरिगा कुशल मल्लको बलमा रनआउट भएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद