Media Network

तेक्वान्दोमा ८ स्वर्णसहित प्रहरीको अग्रता


खबरस्टोरी संवाददाता

१ कार्तिक २०७९,मंगलवार

काठमाडौँ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा जारी तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस, सशस्त्र र सेनाले पदकमा वर्चस्व कायम गरेका छन् ।बेनीको कालीपुल कबर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल पुलिसले क्लबले आठ स्वर्णपदक जितेको छ । सेनाले पाँच, सशस्त्रले दुई र मधेश प्रदेशले एकवटा स्वर्णपदक जितेका हुन्। 

प्रहरीले तीन, सेनाले छ, सशस्त्रले दुई, लुम्बिनीले दुई, सुदूरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक÷एक वटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश १ ले सात÷सात, सशस्त्रले छ, मधेश र वाग्मतीले तीन÷तीन, लुम्बिनी र सेनाले दुई÷दुई, पुलिस र कर्णालीले एक÷एक वटा कांस्यपदक जितेका छन्।

सोमबार राति १०ः३० सम्म सञ्चालन भएका फाइनल खेल अन्तर्गत महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजीभन्दा बढी तौल समूहमा सशस्त्रका भीमबहादुर खड्का, महिला ७३ केजीभन्दा बढीको तौल समूहमा सशस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्णपदक दिलाए ।

महिला ४६ केजीमा सुदूरपश्चिमका झरना नाथले रजत, सशस्त्रका वर्षा थापा र वाग्मतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ज्ञानी चुदाँराले रजत, प्रदेश १ की सबिना माझी र सशस्त्रकी सोरन गुरुङले कांस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र सशस्त्रकी रेजिना पार्कीले कांस्य पदक जितेका छन् ।

पुरुष ८७ केजीभन्दा बढी तौल समूहमा प्रहरीका आशुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कांस्य, महिला ७३ केजीभन्दा बढी तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली बस्नेतले कांस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, सशस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कांस्य पदक जितेका छन् ।

२२ वटा इभेन्टस्मा हुने प्रतियोगिताका आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडीले २२÷२२ स्वर्ण÷रजत र ४४ कांस्य पदकका लागि प्रतिस्पर्धा गरिरहेको छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद