गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा भएको थियो। जसमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जित्यो। आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जितेको छ।
दोस्रो स्थान एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१९ पदक हात पारेको छ।
तेस्रो स्थानको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १९५ पदक जित्यो।
चौथो बनेको आयोजक गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पार्यो।
पाँचौं स्थानको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्न सफल भयो।
छैठौं स्थानमा प्रदेश एक रह्यो। उसले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक भित्र्यायो।
सातौं स्थानमा रहेको सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्न सफल भयो।
एनआरएनए टिम आठौं भयो। उसले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक हात पार्यो।
लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा रह्यो।
दसौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक हात पार्यो।
अन्तिम स्थानमा कर्णाली प्रदेश रह्यो। उसले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्न सफल भयो।