Media Network

उल्भसको पोस्टमा डर्टमन्डको आधा दर्जन गोल


खबरस्टोरी संवाददाता

२५ बैशाख २०८०,सोमबार

काठमाडौं । जर्मन बुन्डेश लिगामा बोरुसिया डर्टमन्डले उल्भसको पोस्टमा आधा दर्जन गोल गरेको छ ।
यो जितसँगै डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी एकमा झारेको छ ।
घरेलु टोली डर्टमण्डले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरेको थियो । पहिलो हाफको १४ औं मिनेटमा करिम एडेमीको गोलबाट डर्टमन्डले अग्रता लिएको थियो ।
त्यसपछि २८ औं मिनेटमा सेबास्टिय होला र ३७ औं मिनेटमा डनवेल मालेनले गोल थपे । ५९ औं मिनेटमा एडेमीले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ५४ र ८६ मिनेटमा युवा खेलाडी जुड बेलिङघमले गोल थपेपछि बोरुसिया डर्टमन्ड ६–० ले विजयी भयो ।
जितसँगै डर्टमन्डले ११ वर्षपछि उपाधि होड कायमै राखेको छ । समान ३१ खेल खेल्दा डर्टमण्डको ६४ अंक र शीर्षस्थानको बायर्नको ६५ अंक छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद