Media Network

उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध


खबरस्टोरी संवाददाता

५ चैत्र २०७९,आईतवार

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार अबेर सम्पन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नविन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्निरोध चुनिए ।

शुभराम मुनांकर्मी, लव ढुंगाना, नविन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारञ्जित, अन्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद