Media Network

वर्गीय खेलाडी थापाको परिवारसँग मन्त्री अथकको भेटघाट


खबरस्टोरी संवाददाता

३ कार्तिक २०७९,बिहीबार

पोखरा।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिनुभएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहिबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुग्नुभएको हो । 

दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुर्ण श्रद्धाञ्जली दिदै परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । “खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठुलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु” मन्त्री गहतराजले भन्नुभयो । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेक सहित मरनोपरान्त स्वर्ण पदक प्रदान गर्नुभएको छ । 

पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिवद्दता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताउनुभयो । 

राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुको बिमा गरेकाले थियो । जसअन्तर्गत थापाको परिवारलाई बिमा कम्पनीबाट रकम उपलब्ध गराउनकालागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दिपेन्द्र बिस्टले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत आइतबार बिहान पोखराको सराङकोटमा ’क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । बिभागिय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव १ सय मिटर उचाईबाट खसेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद