Media Network

विश्वकप छनोट : टस हारेर नेपाल ब्याटिङमा


खबरस्टोरी संवाददाता

३ असार २०८०,आईतवार

काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

जिम्बावेको हरारे स्पोट्स क्लबमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले प्लेइङ ११मा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै गुलसन झालाई स्थान दिएको छ ।

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने प्लेइङ ११ मा छन् ।

पहिलो पटक टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाल आज जिम्बावेलाई हराउँदै विश्वकप छनोटमा सुखद सुरुआत गर्ने लक्ष्यमा छ ।

विश्वकप छनोट अघि नेपालले जिम्बावेमा खेलेका दुई वार्मअप म्याचमा एउटामा जित र एक खेलमा हारको नतिजा निकालेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद