Media Network

विश्वकप फुटबलका सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७९,शनिबार

काठमाडौं । विश्वकप कतार २०२२ का सबै खेलहरु हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने भएका छन् । हिमालय टेलिभिजनबाट दुईवटा च्यानलबाट खेलहरु प्रसारण गर्नेगरी तयारी थालिएको हिमालय टेलिभिजनले जनाएकधाृे हाृ।

‘विश्वकपजस्तो ठूलो कन्टेन्ट देखाउन पाउनु टेलिभिजनका लागि आफैंमा ठूलो अवसर हो।  त्यसैले नेपालको प्रसारण अधिकार पाएको मिडिया हबसँग प्रसारण शुल्क नलिई ६४ वटै खेल देखाउन तत्पर भएका बताएका छन्।

ग्राहकले तिर्ने अतिरिक्त शुल्क एवं विज्ञापनबाट हुने आम्दानी मिडिया हब र केबल वितरकबीच साझेदारी हुने र हिमालय टेलिभिजनले कुनै शुल्क नलिने समझदारी भएको छ।

फिफाले यसपटक दक्षिण एशियाली देशहरुमा जियो लक सहितको एक्सक्लुसिभ प्रसारण अधिकार दिएपछि नेपालमा विदेशी च्यानलले खेल देखाउन पाउने छैनन् । फिफाले आधिकारिकता दिएको नेपाली च्यानलबाट मात्र विश्वकपका खेलहरु हेर्न पाइने छ । नेपालको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद