Media Network

यू–२० एसिया कप छनोट टोलीको घोषणा


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाडौं । यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले प्रारम्भिक टोलीको घोषणा गरेका हुन्।

टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई छैनन् । गोलरक्षकमा तोपबहादुर राना नयाँ हुन् ।

डिफेन्डरमा तीन खेलाडी नयाँ थपिएका छन् । जसमा स्यान्सु भुसाल, शेखर खवास र राज थोकर छन् । मिडफिल्डरमा राकेश विश्वकर्मा र सञ्जीव लामा नयाँ हुन् । त्यस्तै फरवार्डमा साफ यू–२० टोलीका निरञ्जन मल्ल र रोहन खड्की मात्र अटाएका छन् ।


यू–२० टोलीले एन्फा कम्लेक्स सातदोबाटोमा तयारी गरिरहेको छ । सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने यू–२० एसिया कप छनोटको समूह बीमा रहेको नेपालले घरेलु टोली बहराइनसहित, कतार बंगलादेश र भूटासँग खेल्ने छ ।

नेपालको प्रारम्भिक टिम

गोलकिपर : ईश्वर गुरूङ्ग, युनेश चौधरी, जियारत शेख र टोपबहादुर राना

डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ सिर्जन धानी, अभिषेक वाइबा जान ताम्ली शेखर खवास स्यान्सु भुसाल र राज थोकर

मिडफिल्डर : दिपेश गुरुङ्ग आशिष राई सन्दीप कार्की जन्मजय धामी कृतिश रत्न छुन्जु सुगम सुवाल मनज्ञ नगर्मी आयुश घलान राकेश विश्वकर्मा सञ्जिव लाम

फरवार्ड  : निरञ्जन मल्ल र रोहन खड्गी


Share:
Reaction :
ताजा समाचार
खेलकुद