Media Network

यू-१७ एसियन कप छनोटमा नेपालको तेस्रो हार


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौं । भियतनाममा भइरहेको एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले हार बेहोरेको छ ।यू-१७ एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आइतबार चाइनिज ताइपेसँग ४–२ ले पराजित भएको हो।
यसअघि नेपाल थाइल्याण्डसँग ३-० र भियतनामसँग ५-० ले पराजित भएको थियो ।

१० खेलाडीमा खेल सकाएको नेपालले अन्तिम १० मिनेटमा २ गोल खाएको थियो ।

चाइनिज ताइपेका लागि लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले गोल गरेका थिए । नेपालका लागि कप्तान प्रशान्त लक्षम र धन सिंह विकले एक(एक गोल गरे ।

नेपालले लगातार तेस्रो हार  बेहोरेको हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद