Media Network

यू-२० महिला फुटबल टोलीको बिदाइ


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०८०,आईतवार

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू–२० महिला फुटबल टिमलाई बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे ।

नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ ।दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा छ । यस समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन् ।

नेपालले जुन ६ मा आयोजक म्यानमारसँग पहिलो खेल खेल्नेछ ।यस्तै जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेईसँग खेल्नेछ ।

गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरण छनोटको समूह बीको विजेता बन्दै नेपाल दोस्रो चरणको छनोटमा प्रवेश गरेको हो ।

पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दनमरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गरेको थियो ।

दोस्रो चरणमा प्रवेश गरेपछि नेपालले दुई महिना क्लोज क्याम्पमा बसेर तयारी गरेको थियो ।नेपाली टिमका प्रशिक्षक याम गुरुङ र कप्तान दिपा शाहीले दुई महिनामा नेपालको तयारी राम्रो भएको बताएका छन् ।यसअघि पहिलो चरणमा कप्तानी गरेकी प्रिति राई घाइते रहेकोले दिपाले नेपालको कप्तानी गर्दैछन् ।

प्रशिक्षक याम गुरुङले दोस्रो चरणमा पनि नेपालले राम्रो प्रदर्शन गर्ने अन्तिम चरणमा छनोट हुने लक्ष्य रहेको सुनाए ।

नेपाली टोली

गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

डिफेण्डर : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही (कप्तान), हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

Share:
Reaction :
ताजा समाचार
खेलकुद