Media Network

युएईको ६ विकेट लिएका कुशलले बनाए अर्धशतक


खबरस्टोरी संवाददाता

३ श्रावण २०८०,बुधबार

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा युएईविरुद्ध नोपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। 

उनले ३३ बलमा ८ चौका र २ छक्कासहित ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। उनले बलिङतर्फ पनि ६ विकेट लिएका थिए। नेपाल युएईले दिएको १ सय ५८ रनको चुनौती पछ्याइरहेको छ। 

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको युएइ ४४ ओभरमा १ सय ५७ रनमा अलआउट भएको हो। युएईका लागि लभरप्रित सिंहले सर्वाधिक ५२ रन बनाए।

नेपालका कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम ढकालले २, कुशल मल्ल र पवन सर्राफले एक एक विकेट खसाले ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद