Media Network

यूएईविरुद्ध कप्तान रोहितको अर्धशतक


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७९,आईतवार

काठमाडौँ।कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले अर्धशतक पूरा गरेका हुन्। रोहितले ८३ बलमा ७ चौका हान्दै अर्धशतक पुरा गरे।  

रोहितको यो आठौं अर्धशतक हो। 

युएईविरुद्ध घरेलु टोली नेपाल रन बनाउन संर्घष गरिरहेको छ। नेपालले ३० ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय २१ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा रोहित ५५ र आरिफ शेख १६ रनमा नटआउट छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद