Media Network

जीवन हाँसीखुसी जिउन सकिने कला


khabarstory

१५ चैत्र २०७७,आईतवार

विज्ञान प्रविधिको विकास द्रुत गतिले बढिरहेको आजको समाजमा भौतिक संरचनाको आमूल परिवर्तनसँगै मानिसहरूको रहनसहन र जीवनशैलीमा पनि निकै नै परिवर्तन आएको छ । ढुंगेयुगदेखि आजको २१औँ शताब्दीसम्म हाम्रो जीवनयापन सरल भएको कुरामा दुई मत नहोला तर के हाम्रो सोच, रहनसहन, खानपान, ब्यायाम, जीवन जिउने कला अहिलेको भौतिक विकाससँगै बदलिएको छ त ?

प्रसङ्ग- १

दुई वर्षअगाडि अस्ट्रेलिया आएको विनय आफ्नो कामको बेस्तता, कलेजको प्रेसरसँगै घरमा खाना बनाउन छाडेको छ र हाल ऊ हरेक दिन सजिलै मिल्ने म्याक डोनाल्ड्स, केएफसी, हङ्ग्री ज्याक्सजस्ता फास्ट फुडमा निर्भर हुन थालेको छ । जसले गर्दा अहिले उसको वजन १५ केजी बढेको छ । हाल ऊ वजन घटाउनका लागि नियमित ब्यायाम गर्न थालेको छ । 

प्रसङ्ग- २

एक वर्षदेखि रिजनल क्षेत्रमा बस्दै आएको प्रकाश लगातार काम खोज्ने प्रयास गर्दागर्दै पनि प्रयत्न असफल भएको छ तर पनि ऊ कामको खोजीमा लागि नै रहेको छ । यही समयमा उसको कलेजको शुल्क तिर्नुपर्ने अनि भिसासमेत सकिन लागेकाले नवीकरण पनि गर्नु छ । विपन्न घरपरिवारको प्रकाश नेपालबाट पैसा मगाउन असमर्थ छ, आर्थिक संकटबाट गुज्रिरहेकाे ऊ तनावमुक्त हुनका लागि लागुऔषधको प्रयोग गर्न थालेकाे छ ।  हाल ऊ कुलत र डिप्रेसनको उपचारका लागि हस्पिटलमा उपचारार्थ भर्ना भएको छ । 

प्रसङ्ग- ३

अनिशले कोरोना महामारीको आगमनसँगै काम गुमाउन पुग्यो र साथीभाइहरूसँग टाढा भएको छ । एक्लै घरमा बसेको, नियमित क्रियाकलापबाट समेत थाहै नभई टाढा भएको उसले धेरै समयको आन्तरालमा पछि रातिको काम पायो । रातको कामका कारण अनिद्रामा रहेको अनिश खानपान, नियमित जीवनयापन सन्तुलित गर्न नसक्दा ऊ एकदम छिटो रिसाउने, एक्लै बस्न मन पराउने हुन थालेकाे छ । यसरी ऊ  मानसिक रोगको सिकार हुन पुग्यो । 

यी माथिका प्रतिनिधिपात्रहरू मात्र हुन्, आजको २१ओँ शताब्दीको युगमा आर्थिक, सामाजिक, राजनीतिक, विज्ञान प्रविधिको जुन हिसाबमा विकास भइरहेको छ, यही गतिमा हामीले आफ्नो व्यक्तिगत जीवनशैली र सोच विचारमा कति परिवर्तन ल्याएका छौँ, एकचोटि सोच्ने समय आइसकेकफ छ ।

RITZ

Shikhar Insurance

हामी महान् दार्शनिक विचारकका कुरादेखि, महान् योगी सन्त गुरुहरूका भनाइहरू सुन्दा आफूलाई ती सबै कुराहरू थाहा पाएका छौँ भन्ने अनुभूति गर्दछौँ र सुन्ने हेर्ने बेलामा मन्त्रमुग्ध हुन्छौँ । तर, ती कुरा भोलिदेखि पालना गर्छु भन्दै गर्दा जय भोलिको भोलिवादजस्तै भोलिको आशामा जीवन बर्बाद गरिरहेका त छैनौँ ? जुन कुराको पहिलो सिकार म आफू नै थिएँ, एक समयमा । 

जीवनका ठूला आदर्शहरूलाई एक ठाउँमा थाँती राखेर हामीले सजिलै गर्न सकिने, जीवन खुसी बनाउने, जीवन जिउने केही कलालाई दैनिक, साप्ताहिक, मासिक र वार्षिक रूपमा यसरी छुट्याएको छु, जसले जीवन हाँसीखुसी जिउन सकिन्छ भन्ने मलाई लागको छ:

१. दैनिक बानीहरू

·   हाँस्नु 
·   ब्यायाम गर्नु
·   पर्याप्त सुत्नु
·   सन्तुलित भोजन
·   अरुको प्रशंसा गर्ने बानीको विकास 
·   दैनिकी टिपोट ।

२. साप्ताहिक बानीहरू 

·   साथीभाइ र आफन्तसँगको भेटघाट 
·   हप्ताको योजना बनाउनु 
·   प्रकृतिसँग समय बिताउनु
·   ध्यान गर्नु ।

३. मासिक बानीहरू

·   बाहिरी दुनियाँसँग रमाउनु 
·   आफ्नो मूल्यांकन आफैँ गर्नु
·   आफ्नो विचार टिपोट गर्नु ।

४. वार्षिक बानीहरू

·   वार्षिक योजना र योजनाको मूल्यांकन
·   स्वास्थ्य जाँच 
·   वार्षिक गोल निर्धारण ।

कतै सुनेको थिएँ- हामीलाई आफ्नो कामबाहेक अरुको कामको जानकारी र चासो बढी हुन्छ । खैर, खुसी बनाउन कुनै ठूलो दर्शन आदर्शको खाँचो पर्दैन, खासमा आफूले आफूलाई कति बुझ्नुभएको छ या बुझ्ने प्रयास गर्नुभएको छ, यसमा भर पर्ने कुरा हो ।  

माथिका उदाहरणका पात्र विनय, प्रकाश मानिस जीवनका आ-आफ्ना भोगाइ र यसको प्रभावबाट हामीले आजको दिनमा सिक्नुपर्ने बानीहरूदेखि दैनिक, साप्ताहिक, मासिक, वार्षिक योजना, बानी, रहनसहनमा परिवर्तनको आवश्यकता आजको समाजमा छ । जो मैले सिकेको बुझेको जीवन दर्शन हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद