Media Network

कोभिड खोप वितरणमा चुनौतीपूर्ण अवस्थाको मनोदशा दर्शाउने भाइरल तस्बिरको कथा


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौ । पछिल्लो समयमा विश्व कोभिड संक्रमणको चंगुलमा फसेको छ । कोभिड संक्रमणले सिङ्गो विश्वलाई नै यतिबेला आक्रान्त बनाएको छ ।सोहि सन्दर्भमा ब्रजिलको एमजन क्षेत्रमा आदिवासी समुदायका एक व्यक्तिले पिठ्युँमा आफ्ना बुवालाई बोकेर कोभिड–१९ विरुद्धको खोप लगाउन जाँदै गरेको तस्बिर भाइरल बनेको छ। तस्बिर विश्वकै सबैभन्दा दुर्गम ठाउँमध्ये एक मानिने उक्त क्षेत्रमा खिचिएको हो। यसलाई खोप पु¥याउन भइरहेका कठिनाइको प्रतीक मानिएको छ।

पेशाले एक चिकित्सक रहेका व्यक्तिले खिचेको यो तस्बिरमा खोप लगाएपछि २४ वर्षीय टावीले ६७ वर्षीय पिता वाहुलाई बोकिरहेको देखिन्छ। ती चिकित्सकका अनुसार उनीहरू घण्टौंसम्म जंगलको बाटो हिँडेर खोप केन्द्र पुगेका थिए। ब्राजिलको सरकारी तथ्यांकअनुसार कोभिड–१९ का कारण आदिवासी समुदायका ८५३ जनाको मृत्यु भइसकेको छ।

तर आदिवासीहरूको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले संख्या अझै बढी हुनसक्ने जनाएको छ। ब्रजिलको गैरसरकारी संस्था एपिबले सन् २०२० को मार्च देखि २०२१ को मार्चसम्म मात्रै १,००० आदिवासीको मृत्यु भएको जनाएको छ।

टावी र वाहु त्यहाँको जोए समुदायका हुन्। उक्त समुदायमा झन्डै ३२५ जना सदस्य छन्।उनीहरू पारा राज्यको उत्तरी क्षेत्रमा १२ लाखवटा फुटबल मैदान बराबरको ठूलो क्षेत्रमा फैलिएका दर्जनौं एकान्त गाउँमा बस्दै आएका छन्।

वाहु आँखा पनि राम्रोसँग देख्दैनन् र पिसाबसम्बन्धी दीर्घरोगका कारण उनी राम्ररी हिँड्न सक्दैनन्। उनको अनुमानमा टवीले आफ्ना पितालाई खोप लगाउन पाँचदेखि छ घण्टासम्म बोक्नुपरेको थियो।‘त्यो उनीहरू दुई जनाबीचको प्रेमपूर्वक सम्बन्धको साँच्चिकै सुन्दर दृश्य थियो,’ तस्बिर खिचेका डा. एरिक जेनिङ्स सिमोईले भने।

‘हामीले जोए समुदायका मानिसको संस्कृति र ज्ञानलाई सम्मान गर्ने अभ्यासहरू अपनायौं।’तर सिमोईले यो वर्षको जनवरी १ मा मात्रै ‘नयाँ वर्षको आरम्भमा सकारात्मक सन्देश प्रवाहका लागि’ यो तस्बिर सार्वजनिक गरेका हुन्।

ब्रजिल कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमध्ये पर्छ। ब्रजिलमा खोप अभियान सुरु हुँदा यहाँका आदिवासीहरूलाई प्राथमिकतामा राखिएको थियो।तर जोए समुदायलाई हेरिरहेको स्वास्थ्य टोलीका लागि एउटा समस्या देखा प¥यो। उनीहरू छरिएर बस्ने भएकाले सबै गाउँमा पुगेर हरेकलाई खोप लगाउन हप्तौँ लाग्ने देखियो।त्यस कारण उनीहरूले जङ्गलमा एउटा छाप्रो तयार गरे र आदिवासी समुदायलाई रेडियाको सहाराले खोप लिन सहमत गराए।



Share:
Reaction :
ताजा समाचार
खेलकुद