Media Network

अबको प्रधानमन्त्री प्रचण्ड नै हो : भट्टराई


खबरस्टोरी संवाददाता

१३ कार्तिक २०७९,आईतवार

गोरखा ।नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । उनले गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा बताएका हुन् ।

०६४ सालमा र ०७४ सालमा भएका दुई निर्वाचनमा यहाँका जनाताहरुले आफूलाई भारी मतका साथ विजयी बनाएको बताए ।तर अब पार्टी र संगठनमा अरु कुनै ढंगबाट सक्रिय रहने उनले बताए । अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु, उनले भने ।

आफूले निर्वाचन जितेपछि बाटो घाटो निर्माण र विकासका कामहरु भएको र केही बाँकी रहेको पनि उनले बताए ।

यस्तै, गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उनले बताए । प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो,उनले भने, अबको सरकार पाँच वर्ष गठबन्धनले चलाउँछ । अबको प्रधानमन्त्री प्रचण्ड हो ।

यस्तै, प्रदेशसभामा कांग्रसका सुरेन्द्रराज पाण्डे उठेको र उनको जित हुने उनले बताए । अबको मुख्यमन्त्रीमा पाण्डेको सम्भावना रहेको उनले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद