Media Network

अफताब आलमले जेलभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाए:सांसद साह


खबरस्टोरी संवाददाता

१८ माघ २०७९,बुधबार

काठमाडौं ।  जिउँदै मानिसलाई  इँटा भट्टामा हालेर हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलिया शासन चलाएको भन्दै कारबाहीको माग भएको छ ।
प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै रौतहट २ बाट निर्वाचित सांसद किरण कुमार साहले जेलमा बिचौलियाहरूको प्रवेश र जेलबाटै हुने आपराधिक गतिविधिहरू नियन्त्रण हुनुपर्ने बताए ।
सांसद साहले अफताब आलमले रौतहट कारागारभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप लगाए ।
आलम निर्वाचित हुँदै आएको सो क्षेत्रमा यस पटक किरणले स्वतन्त्र उम्मेदवार बनेर आलमका छोरालाई पराजित गरेका थिए । साह अहिले एमालेमा प्रवेश गरिसकेका छन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद