Media Network

अमरेशविरुद्ध कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी


खबरस्टोरी संवाददाता

२६ बैशाख २०८०,मंगलवार

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसका स्थानीय नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

सिंह विरुद्धको उजुरी मा "सामान्य परिवनरमा जन्मिएका माननिय अमरेश कुमार सिंह २०६३ साल या आश्चर्यजनक रुपले आर्थिक फड्को मारेको र निर्वाचनको क्रममा देखाइएको आर्थिक रवाफ तथा मतदाता खरिद गर्न प्रयोग गरिएको व्यवस्थापनले यति ठूलो आर्थिक हैसियत बनाउनु एक नेताका लागि महत्वपूर्ण विषय हो । यस साथै सर्लाहीबाट आर्थिक चलखेलले  पटक -पटक निर्वाचित हुँदा पनि त्यसै क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरि आफू र आफ्ना नजिककालाई पोस्ने गरेको" उल्लेख गरिएको छ ।

सिंह तत्कालिन नेता महन्त ठाकुरका स्वोकिय सचिव समेत रहेका थिए।सिंह २०६३ बट नेपाली कांगैसको राजनीतिमा उदाएका थिए ।

 कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका सिंह पछिल्लो समय कांग्रेसप्रति आक्रामक ढङ्गमा प्रस्तुत हुँदै आएका थिए । यसैबीच सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका विकास ठाकुरले सिंहविरुद्ध उजुरी दर्ता गरेका हुन् । राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा व्यवसायमा समेत संलग्न भएका सिंहले अकुत सम्पत्ति जम्मा गरेको ठाकुरले आफ्नो उजुरीमा दाबी गरेका छन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद